सुर्खेत, २२ भदौ ।
शिक्षा दिवसको अवसरमा अमरज्योति नमूना माध्यामिक विद्यालयमा वक्तृत्व प्रतियोगता सम्पन्न भएको छ । शनिबार (आज) परेको ३९ औं राष्ट्रिय शिक्षा दिवस एवम् ५२औं अन्तर्रास्ट्रिय साक्षरता दिवसको सन्दर्भमा कक्षा ११ र १२ का बिद्यार्थीबीच शुक्रबार वक्तृत्वकला सम्पन्न भएको हो ।
प्रतियोगितामा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत दीपेन्द्र कुमार बिसी प्रथम, व्यवस्थापन संकाय कक्षा ११ का सुरेश गुरुङ द्धितीय, व्यवस्थापन संकायकै कक्षा १२ का दीर्घ बस्नेत तृतीय र नन्दा रोकायले सान्तोना पुरस्कार हात पारेका छन् ।

वक्तृत्वकला प्रतियोगितामा विजयी छात्र÷छात्रा ।
यस बर्षको शिक्षा दिवसको नारा “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दीगो शैक्षिक पूर्वाधार’’ विषयक वक्तृत्वकला प्रतियोगितामा २९ जनाले भाग लिएका थिए । प्रतियोगितामा विज्ञान संकायमा कक्षा १२ मा अध्ययनरत दीपेन्द्र कुमार बिसी प्रथम, व्यवस्थापन संकाय कक्षा ११ का सुरेश गुरुङ द्धितीय, व्यवस्थापन संकायकै कक्षा १२ का दीर्घ बस्नेत तृतीय र नन्दा रोकायले सान्तोना पुरस्कार हात पारेका छन् ।
प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र जि.सी.ले समृद्ध राष्ट्र निर्माणका लागि शैक्षिक जनशक्ति नभइनहुने बताए । राष्ट्रिय नाराका बिषयमा विद्यार्थीहरुलाई बुझाउन उदारणिय काम भएको भन्दै जि.सी.ले यस्तो अत्तिरिक्त कार्यक्रमहरुले विद्यार्थीको सिर्जनशिला अभिबृद्धि हुनेमा विश्वास व्यक्त गरे । सहायक प्रधानाध्यापक अमृतप्रसाद अधिकारीको अध्यक्षता भएको कार्यक्रममा पूर्व शिक्षक डिल्लीप्रसाद उपाध्याय, शिक्षक शान्ता रेग्मी, लगायतले निर्णायक भूमिका निर्वाह गरेको शिक्षक भूपेन्द्रकुमार विसीले जानकारी दिए ।
प्रकाशित मितिः September 7, 2018 at 5:29 pm






कर्मसञ्चार । २०७५ भाद्र २२ गते शुक्रवार