सुर्खेत, २३ साउन ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा केही महिना पहिले विभत्स दुर्घटना भयो । दुर्घटनामा एक महिने शिशु (छोरी) सहित तीन जनाको अकालमै ज्यान गयो ।
साँघुरो र कच्ची सडकमा तिव्र गतिमा हुइँकिएको अटोरिक्सा नियन्त्रणबाहिर गएपछि दुर्घटनामा परेको थियो ।
सर्खेतमा डेढ वर्षअघि भित्राइएका पेट्रोलबाट चल्ने अटोरिक्साको अहिले बिगबिगी छ । प्रदेशको राजधानी वीरेन्द्रनगरमा मात्रै होइन अटोरिक्सा पु¥याउन बाँकी कर्णाली प्रदेशको कुनै जिल्ला र स्थानीय तह छैन, जहाँ अटो नपुगेको होस् ।
सवारी संचालन अनुमती समेत नपाएका सडक र सवारी चालक अनुमति पत्र नै नभएका चालकले हुइँकाउने अटोमा यात्रुसँगै निर्माण सामाग्रीसमेत ओसारपसार हुन्छ ।
तीब्र गति, जहाँबाट जता मन लाग्छ, उतै बाटो काट्ने र अधिकांश सवारी दुर्घटनामा यिनै अटोरिक्साको भूमिका हुने देखिएकाले सर्वसाधारणले यो सवारी साधनलाई ‘ज्यानमारा’को संज्ञा दिन थालेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख हरि विसीले वीरेन्द्रनगर क्षेत्रमा हुने अधिकांश दुर्घटना अटोकै कारण हुने गरेको बताए । ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सुर्खेतमा अटोरिक्साकै कारण दैनिक ३/४ वटा सवारी दुर्घटनाका घटना हुने गरेका छन् ।
तीब्र गति, जहाँबाट जता मन लाग्छ, उतै बाटो काट्ने र अधिकांश सवारी दुर्घटनामा यिनै अटोरिक्साको भूमिका हुने देखिएकाले सर्वसाधारणले यो सवारी साधनलाई ‘ज्यानमारा’को संज्ञा दिन थालेका छन् । सुर्खेतमा मात्रै एक हजारभन्दा बढीको संख्यामा यस्ता अटोरिक्सा छन् ।
सुर्खेतमा अटोरिक्सा सञ्चालन हुन थालेयता ७ वटा गम्भीर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने दर्जनौं अंगभङ्ग भएका छन् । ‘सामान्य दुर्घटना त कति भए कति,’ ट्राफिक प्रमुख विसीले भने, ‘६ जनाको अटोरिक्साकै कारण ज्यान गयो ।’ उनका अनुसार सुर्खेतमा मात्रै एक हजारभन्दा बढीको संख्यामा यस्ता अटोरिक्सा छन् । ‘यस्ता खाले तीनपांग्रे सवारी साधन भ्याली र फराकिलो सडक भएका ठाउँको लागि हो, गाउँ–गाउँमा पु¥याउदा दुर्घटनाको जोखिम बढेको छ,’ विसीले भने ।

दुर्घटना बढ्न थालेपछि पछिल्लो समय ट्राफिक प्रहरीले अटोरिक्सालाई लामो दुरीमा कडाई गरेको छ । वीरेन्द्रनगरको पश्चिम बांगेसिमल र पूर्व धुलियाविटबाट बाहिरिने अटोमा निगरानी राख्ने गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।
द्धीरेन्द्रनगर क्षेत्रमा जथाभावी भित्राइएका छ्यापछ्याप्ती अटोरिक्साले बजार क्षेत्रका सडकमा समस्या निम्ताएको छ । ‘कहाँ कुनबेला बाटोमा सरलक्कै मोडिदिन्छन् पत्तो हुँदैन, अधिकांशसँग लाइसेन्स पनि छैन, पछिल्लो समय सबैभन्दा बढी दुर्घटना यिनीहरुकै कारणले भएको देखिन्छ,’ ट्राफिक प्रहरी प्रमुख विसीले भने । पेट्रोलबाट चल्ने अटोका कारण वातावरण समेत प्रदुषण हुने गरेको छ ।
जानकारहरुका उनुसार निश्चित मापदण्ड बनाएर नचलाए यस्ता सवारी साधनका कारण बजार क्षेत्र कुरुप बन्दै जाने निश्चित छ । ‘यस्ता साधनलाई समयमै निरूत्साहित गर्नुपर्छ,’ वीरेन्द्रनगरका एक स्थानीले भन्छन्, ‘त्यसका लागि स्थानीय प्रशासन, नगरपालिका र ट्राफिक प्रहरी क्रियाशील हुनैपर्छ ।’ बजारका सडक र पार्किङ क्षेत्रलाई व्यवस्थित बनाउनका लागि साना सवारी साधनलाई साइड लगाउनै पर्ने उनले बताए ।
अटोमा तीन जनासम्म यात्रु मात्रै बोक्न मिल्छ । तर, यहाँ गुड्ने अटोमा ५/६ जना यात्रु कोच्ने, मनपरी भाडा असुल्ने, सिमेन्ट, चामलका बोरा र अन्य सामाग्रीसमेत ओसार्ने गरिएको छ ।
तीनपांगे्र सवारी साधन कच्ची तथा ग्रामीण सडकहरुमा गुड्न दिनै नहुने हो । तर, यसतर्फ स्थानीय सरकार र प्रहरी प्रशासनले ध्यान नदिएको देखिएको छ । मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट लगायतका जिल्लाका जोखिमपूर्ण सडकमा पनि अटोरिक्साले निर्वाधरुपमा यात्रु बोकिरहेका छन् ।

अटोमा तीन जनासम्म यात्रु मात्रै बोक्न मिल्छ । तर, यहाँ गुड्ने अटोमा ५/६ जना यात्रु कोच्ने, मनपरी भाडा असुल्ने, सिमेन्ट, चामलका बोरा र अन्य सामाग्रीसमेत ओसार्ने गरिएको छ ।
वीरेन्द्रनगरमा मात्रै अटोरिक्सा बेच्ने दुई वटा शोरुम छन् भने अटो संचालन गर्न दुई वटा अटोरिक्सा व्यवसायी प्रालि खोलिएको छ ।
कतिपय अटो निजी प्रयोगका लागि दर्ता गरेर नियमविपरीत भाडामा चलाउँने गरिएको छ ।
ष्वीरेन्द्रनगर क्षेत्रमा अत्याधिक साना सवारी साधानहरूका कारण यातायात व्यवस्थापनमा असहजता हुने गरेको छ । अहिले चलिरहेका साना सवारी साधानमाथि उचित नियमन र विस्थापन गरी नगरको यातायात व्यवस्थापनमा सुधार नल्याए वीरेन्द्रनगर झनै अस्तव्यस्त हुने स्थानीयको भनाई छ ।























कर्म संचार । २०७५ साउन २३ गते बुधवार