कर्णाली प्रदेश यातायातको अध्यक्षमा जुनी

सुर्खेत, २८ भदौ ।
कर्णाली प्रदेश यातायात प्रालिको अध्यक्षमा कमल खड्का ‘जुनी’ चयन भएका छन् । यातायात प्रालिहरुको बिहीबारको संयन्त्र बैठकले जुनीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
प्रालिको वरिष्ठ उपाध्यक्षमा कार्लमाक्स श्रेष्ठ, उपाध्यक्षमा पदम बम, महासचिवमा जीवनकुमार शर्मा, कोषाध्यक्षमा दावा गुरुङ्ग तथा सचिवमा विकास नेपाली छन् ।
यस्तै सदस्यहरुमा रमेश खड्का, लोकबहादुर गुरुङ्ग, टिआर शाही ‘टिकाराम’, सोनाम लामा र निर्मल विष्ट छन् । प्रालिको सल्लाहकारमा बरिष्ठ सल्लाहकारमा शुदर्शन श्रेष्ठ, सल्लाहकारमा टेकबहादुर गुरुङ्ग, महेन्द्रप्रसाद चपाइँ र उपेन्द्र शाही छन् । कानुनी सल्लाहकारमा नन्द भण्डारीलाई चयन गरिएको छ ।
पदाधिकारीहरुको पहिलो बैठकले प्रदेशमा रहेका यातायात प्रालिहरु एक ढिक्का भइ संगठन तयार गर्ने र कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको छ ।

प्रकाशित मितिः   September 13, 2018 at 4:29 pm 


  • प्रतिक्रिया दिनुहोस्