सुर्खेत, २३ साउन ।
ओमप्रसाद पौडेल २०५५ सालमा तत्कालिन माओवादीले संचालन गरेको युद्धमा होमिए । मुक्ति वा मृत्युको कसम खाए । जीवनलाई दाउमा लगाए । उनी माओवादी सेनाका ब्रिगेड कमाण्डर थिए ।
उतिबेला उनले सोचेका थिए, अब उत्पीडित वर्ग, क्षेत्र र जातिको सपना साहाकार पार्ने सत्ता स्थापित हुनेछ । तर, त्यसो हुन सकेन । पौडेल भन्छन्, ‘जे भनेर लडिएको थियो, त्यसो भएन । न जनताप्रति न्याय भयो नत हामीले चाहेको सपनाको सत्ता स्थापित नै भयो ।’
२०६९ सालमा स्वैच्छिक अवकाशमा निस्किएपछि चार वर्षदेखि वीरेन्द्रनगर– ६ बुद्धपथस्थित अटोपाट्र्स व्यवसाय गर्दै आएका पौडेललाई उतिबेला मारिएका र घाइते भएका व्यक्ति तथा तिनका परिवारलाई सरकारले गर्ने व्यवहार पनि पटक्कै मन परेको छैन । पौडेल पूर्वमाओवादीकै नेताहरुलाई प्रश्न गर्छन्, उत्पीडित वर्ग र समुदायका खातिर आफ्नो अमूल्य जीवन बलिदान गर्नेहरूले के पाए ? रगत बगाउनेको कदर किन भएन ? उनले भने, ‘यो क्रान्तिप्रति गद्धारी गरिएको हो ।’

२०५२ साल फागुन १ गते शुरु गरिएको जनयुद्धले १० वर्षनिरन्तरता पायो । जनताले गरेका आशा र युद्धमा होमिएकाहरुका सपना पुरा नभएपनि दशवर्षे विद्रोहबाट नेपाली राजनीतिले भने नयाँ मोड लियो ।
तत्कालीन माओवादी विद्रोही र राज्यपक्षबीच १२ बुँदे शान्ति सम्झौता भयो, २०६३ मंसिर ५ मा । माओवादी शान्ति प्रक्रिया हुँदै जनताबाट निर्वाचित भएर पटक–पटक सत्तामा पनि पुग्यो ।
यो अवधिमा देशमा तत्कालिन माओवादीकै अगुवाइमा थुप्रै राजनीतिक परिवर्तन पनि भए । अहिले देशको शासकीय स्वरुप संघीय संरचनाबाट संचालित छ । सिहदरबारका अधिकार गाउँठाउँमै पाइँने भनिए पनि त्यसको प्रत्याभूति आम नागरिकले भने गर्न पाएका छैनन् ।
उतिबेलाको माओवादी अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा परिणत भइसकेको छ । गत जेठ ३ गते औपचारिक रूपमा एमाले र माओवादीले पार्टी एकता गरिसकेका छन् । र, पूर्व जनमुक्ति सेनाकै कमाण्डर महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत बनिसकेका छन् ।
उतिबेलाको माओवादी अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा परिणत भइसकेको छ । गत जेठ ३ गते औपचारिक रूपमा एमाले र माओवादीले पार्टी एकता गरिसकेका छन् । र, पूर्व जनमुक्ति सेनाकै कमाण्डर महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत बनिसकेका छन् ।
संयोगवश अहिले पनि प्रदेश र संघ सरकारमा पूर्वमाओवादीनै छ । तर, हिजो युद्धताका नेतृत्वले बाडेका सपना युद्धमा होमिएकाहरुका लाििग सपनामै सिमित छन् । ‘नेताहरू सधैं सत्ताको लडाइँमा मात्रै केन्द्रित भए,’ पूर्व जनमुक्ति सेना कमला खड्काले भनिन्, ‘युद्ध सत्ता प्राप्तिका लागि मात्रै गरिएजस्तो भयो ।’ हिजो युद्धमा होमिएका व्यक्तिहरु अहिले घर न घाट भएर बस्नु परेको छ । युद्धमा होमिएर शान्ति सम्झौंतापछि अयोग्य घोषित भएका चार हजारभन्दा बढी लडाकुहरू अझै पनि सरकारले आफूहरूका लागि सरकारले केही व्यवस्था गर्ला की भन्ने आशामै छन् । ‘हिजो पार्टीको लागि भनेर सर्वस्व त्यागेर हिँडेका लडाकुहरुको व्यवस्थापन पार्टीले गर्न सक्दैन भने, राज्यले त गर्न सक्नुप¥यो नि,’ पूर्व जनमुक्ति सेना खड्काले भनिन् । अयोग्य ठहरिएकाहरुलाई पनि उनीहरुको क्षमताको आधारमा रोजगारको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
युद्ध भनेर जीवनको महत्वपूर्ण समय गुजारेका उनीहरु अहिले जीवन जिउने आधार खोजिरहेका छन् । माओवादीबाट नेकपामा रुपान्तरित भइसकेको पूर्वमाओवादीले पटक–पटक सत्तामा रहदासमेत अयोग्य ठहरिएका पूर्वलडाकुहरुलाई उचित व्यवस्थापन गर्न सकिरहेको छैन ।























कर्म संचार । २०७५ साउन २३ गते बुधवार