कर्णालीको राजधानीमा हिल्सा यातायात सञ्चालनमा

सुर्खेत, १ भदौ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नयाँ यातायात प्रालि सञ्चालनमा आएको छ । हिल्सा पब्लिक यातायात नामबाट सञ्चालन गरिएको प्रालिको आज (शुक्रबार) एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
२ करोड शेयर पुँजीबाट सञ्चालनमा ल्याइएकोे हिल्सा पब्लिक प्रालिमा सबै खाले (साना ठूला) गरी ४६ वटा गाडी इन्ट्री भइसकेको प्रालिका सचिव जीवनकुमार शर्माले जानकारी दिए । प्रालिका गाडी सुर्खेतदेखि काठमाडौं, दैलेख, नेपालगञ्ज, धनगढी, दाङलगायत कर्णालीका अधिकांश जिल्लामा सञ्चालनमा ल्याइसकिएको उनले बताए ।
अहिलेलाई संघीय राजधानी काठमाडौंका लागि प्रालिले ९ वटा नाइट गाडी सञ्चालन गरेको बताइएको छ । यही भदौ महिनाभित्र १ सय गाडीसमितमा दर्ता हुने अपेक्षा रहेको सचिव शर्माले बताए । ‘हामीले देशका जुनसुकै ठाउँका यातायात ब्यवसायी साथीहरुलाई प्रालिमा आवद्ध हुन पाउने ब्यवस्था गरेका छौं,’ सचिव शर्माले भने, ‘राज्यको नीतिभित्र रहेर प्रालिले यात्रुको सेवा सुविधामा विशेष ध्यान दिइनेछ ।’

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यंक्रममा प्रहरी निरीक्षक शंकर श्रेष्ठ, देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्का जुनी, युवा समाजसेवी ऋषि गिरी, प्रहरीसुर्खेतस्थित अन्य यातायात समिति÷प्रालि तथा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले प्रालिको सफलताको शुभकामना दिएका थिए ।

को–को छन् हिल्सा प्रालिमा

काँक्रेविहार यातायात प्रालिबाट असन्तुष्ट समुहले हिल्सा पब्लिक यातायात प्रालि सञ्चालन गरेको हो ।

अध्यक्ष–नयाँनन्द आचार्य
बरिष्ठ उपाध्यक्ष– महेन्द्र चपाई
उपाध्यक्ष– प्रकाशचन्द्र थापा
सचिव– जीवनकुमार शर्मा
कोषाध्यक्ष –दावा गुरुङ
सहसचिव–चन्द्रलाल चपाई
सहकोषाध्यक्ष–यामलाल ढकाल   
सदस्य– लोकबहादुर शाही
रामविक्रम जिसी
खेमराज ढकाल
खेमराज पाण्डे
महानन्द न्यौपाने

प्रकाशित मितिः   August 17, 2018 at 12:21 pm 


  • प्रतिक्रिया दिनुहोस्