शिक्षक महासंघ कर्णालीको अध्यक्षमा अधिकारी

सुर्खेत, २२ जेठ ।
शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश कमिटीको अध्यक्षमा देवेन्द्रराज अधिकारी चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा भएको महासंघको भेलाले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।

अधिकारी दैलेखको भगवतीमाई गाउँपालिकास्थित ज्वाला माध्यामिक विद्यालयका प्रधानाध्यापक हुन् । उनले लामो समयदेखि शैक्षिक आन्दोलन र शिक्षकका हकहितका लागि अगुवाई गर्दै आएका छन् ।

शिक्षकहरुका अन्य पेशागत संगठनहरुले नामावली उपलब्ध गराएपछि केही दिनभित्रै महासंघको प्रदेश कमिटीलाई पूर्णता दिइने बताइएको छ ।

प्रकाशित मितिः   June 5, 2019 at 6:00 pm 


  • प्रतिक्रिया दिनुहोस्