काँक्रेविहार जङ्गलमा युवायुवती मृत भेटिए

सुर्खेत । वीरेन्द्रनगरस्थित काँक्रेविहार जङ्गलमा युवायुवती मृत फेला परेका छन् । सोमबार बिहान ११ः२० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रुखमा झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको हो । उनीहरूको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक युवक र युवतीको उमेर अन्दाजी १९–२० वर्षको छ ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । यस्तै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा पनि पाँच जनाको अर्को टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

प्रकाशित मितिः   November 24, 2025 at 1:23 pm 


  • प्रतिक्रिया दिनुहोस्