सुनको भाउले नाघ्यो २ लाख ४० हजार

सुर्खेत । सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको आजको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ । चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ ।

प्रकाशित मितिः   October 13, 2025 at 5:21 pm 


  • प्रतिक्रिया दिनुहोस्