
जीवन विकास विशेषज्ञ एल पि भानु शर्मा
सुर्खेत, २८ चैत ।
आउँदो वैशाख ६ र ७ गते वीरेन्द्रनगरमा विशेष आध्यात्मिक कार्यक्रम हुने भएको छ । जीवन योग प्रयोगशाला वीरेन्द्रनगरको आयोजनामा दुई दिने आध्यात्मिक कार्यक्रम हुन लागेको हो ।
वैशाख ६ गते दिउँसो वीरेन्द्रनगर–६ को पिपल चौतारामा ‘समृद्ध जीवन’ र ७ गते शुभ हाेटलमा ‘तनाव विसर्जन क्रिया’ कार्यक्रम हुने जीवन योग प्रयोगशाला कर्णाली प्रदेश संयोजक निर्मला कोइरालाले जानकारी दिइन् ।
सो कार्यक्रममा तनाव मुक्तिका लागि अत्याधुनिक मनोचिकित्सा विज्ञान एवं आध्यात्मिक विधि अनुरूप विशेष प्रयोगहरू गरिनेछ ।
पिपल चौतारामा हुने खुल्ला कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई प्रमुख अतिथिको रुपमा निम्ता गरिएको छ । दुबै दिनको कार्यक्रममा जीवन विकास विशेषज्ञ एल पि भानु शर्मा सहभागि हुनेछन् । ‘तनाव विसर्जन क्रिया’ कार्यक्रममा तनाव मुक्तिका लागि अत्याधुनिक मनोचिकित्सा विज्ञान एवं आध्यात्मिक विधि अनुरूप विशेष प्रयोगहरू गरिनेछ ।
जियाना रेष्टुरेन्टमा हुने ‘तनाव विसर्जन क्रिया’ का लागि जो–कोहीले स्वेच्छिक रुपमा सहभागिता जनाउन सक्ने छन् । त्यसका लागि इच्छुकले एक जनाको एक हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । सोही शुल्कबाट सहभागिका लागि खाजा र विहानको खानाको व्यवस्था गरिनेछ । तनाव विसर्जन क्रिया विहान साढे ७ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

आयोजकका अनुसार उक्त कार्यक्रममा सहभागि हुनेले फारम भरेर नाम दर्ता गर्नुपर्ने छ । फारम वीरेन्द्रनगरस्थित जीवन योग प्रयोगशालाका केन्द्रहरुमा उपलब्ध हुनेछ । नाम दर्ता र अन्य जानकारीका लागि मोबाइल नम्बर ९८४८०३७३२६ र ९८६८०९८२९५ मा पनि सम्पर्क गर्न सकिनेछ ।
सुख, शान्ति र समृद्धिका लागि विशेष आध्यात्मिक कार्यक्रममा सहभागि भई योग, ध्यान र ज्ञानमार्फत लाभ लिन हुन जीवन योग प्रयोगशाला वीरेन्द्रनगरले सबैलाई अनुरोध गरेको छ ।
एक वर्षदेखि वीरेन्द्रनगरका तीन स्थानमा जीवन योग प्रयोगशाला ध्यान योग शिविर केन्द्र सञ्चालनमा छन् । केन्द्र प्रमुखहरुका अनुसार त्यहाँ ध्यान, आध्यात्मिक ज्ञान, तनावलाई विभिन्न क्रियाकलापमार्फत निकाश, सकारात्मक विचार र जीवनलाई केलाउँदै बाँच्नुको अर्थ पहिल्याइन्छ । हराएको खुसी, दबिएको आवाज र मुर्झाएको आत्मविश्वासलाई जीवनमा पुनस्थापित गराउने थलो केन्द्रहरु बनेको उनीहरुको दाबी छ ।
प्रकाशित मितिः April 11, 2019 at 3:28 pm























कर्मसञ्चार । २०७५ चैत्र २८ गते बिहीवार