मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

सुर्खेतः
मध्यपश्चिम विश्वविद्यालय (एमयु)को उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस भएको छ । मध्यपश्चिम विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिले प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सिफारिस गरेको जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा बनेको छनोट तथा सिफारिस समितिले मंगलबार भएको प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा रिक्त उपकुलपतिका लागि नाम सिफारिस गरिएको जनाएको छ । समितिले सिफारिस गरेकामध्ये योग्यताक्रमको आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मितिः   April 19, 2024 at 12:11 pm 


  • प्रतिक्रिया दिनुहोस्