साहारा क्याम्पसको अध्यक्षमा पुनः सुवेदी


सुर्खेत, १४ पुस ।
साहारा क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा ओमप्रकाश सुवेदी चयन भएका छन् । क्याम्पसको पाँचौ वार्षिक सभाले सुवेदीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।

शनिबार वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारण सभाले व्यवस्थापन समितिको सदस्यमा गणेश बहादुर ढकाल, प्रेम सापकोटा, वीर बहादुर शाही, निर्मल थापा र छविलाल आचार्यलाई चयन गरेको छ ।

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पाँच वर्ष पहिले स्थापना गरिएको साहारा प्रदेशकै अब्बल क्याम्पस मानिन्छ । साहाराले शैक्षिक वर्ष २०६९/०७० देखि त्रिभूवन विश्वविद्यालयको चार वर्षे विविएस कार्यक्रमबाट अध्यापन शुरु गरेको हो । हाल यहाँ विविएस, विसीए/सिएमआइटीलगायतका कार्यक्रम सञ्चालनमा छन् ।

प्रकाशित मितिः   December 29, 2018 at 1:33 pm 


  • प्रतिक्रिया दिनुहोस्