
सुर्खेत, ९ पुस ।
रुकुम पश्चिमको चौरजहारीमा हुने टी–२० क्रिकेट प्रतियोगिताको लागि सुर्खेतबाट १५ सदस्यीय टिम छनौट गरिएको छ । रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा पुस १० देखि १७ गतेसम्म सञ्चालन हुने प्रदेश कप टी–२० प्रतियोगिताको लागि टिम घोषणा गरिएको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए ।
यू–१९ बाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका रविन्द्र जंग शाहीको कप्तानीमा उक्त टिम घोषणा गरिएको हो । टिमको उपकप्तानको जिम्मेवारी भने भबिन सारु मगरले पाएका छन् । यस्तै टिममा राजकुमार शाह, टोपेन्द्र जिसी, मोहन जिसी, सौगात कार्की, सुरज बोहरा, निश्चल रावल, टेक सलामी मगर, प्रकाश जैसी, ललित प्याकुरेल, लोकेश हमाल, भानु सुनार, संगम गिरी, रेगिन शाही रहेका छन् ।
कर्णाली प्रदेशका ७ जिल्लाले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् । अन्य जिल्लाको तुलनामा सुर्खेत विगतको इतिहास हेर्दा बलियो टिम मानिन्छ । टोलि सोमबार रुकुम प्रस्थान गर्ने सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष के.सी.ले बताए । यसअघि गत वर्ष सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा सुर्खेतमा भएको प्रदेशस्तरीय खेलमा सुर्खेतले उपाधी हात पारेको थियो भने रुकुम उपविजेता भएको थियो ।कर्णाली प्रदेश क्रिकेटमा निकै पछाडि भएकोले खेलको विकास र खेलाडीको हौसलाको लागि प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
प्रकाशित मितिः December 24, 2018 at 1:05 pm























कर्मसञ्चार । २०७५ पुष ९ गते सोमवार