लिमी उपत्यकामा जडीबुटी संकलनमा रोक

हुम्लाः हुम्लाको लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन गर्न नपाइने भएको छ । नाम्खा गाउँपालिका– ६ मा जडिबुटीको संरक्षण तथा जैविक विविधता कायम राख्न यस्तो नियम लागु गरिएको हो । यहाँ जडीबुटी संकलनसँगै पशु चराउनसमेत प्रतिबन्ध लगाइएको छ । प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि तीन वर्षसम्म प्रतिबन्ध लगाइएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जनाए । उनले भेँडाबाखा, चौँरी लगायत पशुचौपया चराउन समेत प्रतिबन्धित गरिएको बताए । वडाले सूचना प्रकाशन गरेको मितिदेखि तीन वर्षसम्म जडीबुटी संकलन गर्न, भेँडा बाखा–चौँरी चराउन पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ । नियम उल्लंघन गर्ने जोकसैलाई वडाले प्रचलित कानूनबमोजिम कारबाही गर्ने अध्यक्ष तामाङको भनाइ छ ।

प्रकाशित मितिः   June 12, 2025 at 2:38 pm 


  • प्रतिक्रिया दिनुहोस्