सुर्खेत, २३ साउन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन् । उनलाई काठमाडौको दक्षिaणकाली नगरपालिकाको चाल्नाखेलबाट मंगलबारराति पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने उनले बताए ।
गएको वर्ष स्थानीय र आम चुनावमा विभिन्न ठाउँमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पूर्वमन्त्री समेत रहेका प्रकाण्ड विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन । विप्लव नेतृत्वको नेकपाका अर्का दुई केन्द्रिय सदस्यलाई केही दिनअघि प्रहरीले काठमाडौबाटै पक्राउ गरेको थियो ।
प्रकाशित मितिः August 8, 2018 at 2:24 pm























कर्म संचार । २०७५ साउन २३ गते बुधवार