कर्णालीकै अब्बल क्याम्पस, मेधावी विद्यार्थी

सुर्खेत, १९ भदौ ।
२०७२ – बिबिएस प्रथम वर्ष कर्णालीमै दोस्रो र तेस्रो ।
२०७३ – बिबिएस दोस्रो वर्ष कर्णालीमै प्रथम ।
२०७४ – बिबिएस प्रथम वर्ष दुई प्रदेश (कर्णाली र प्रदेश नं. ७) मा प्रथम र दोस्रो ।
२०७५ – बिबिएस चौथो वर्ष कर्णाली र प्रदेश नं. ७ मा प्रथम ।
२०७५ – मा बेस्ट म्यानेजमेन्ट कलेज अवार्ड ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा त्रिभूवन विश्वविद्यालयको बिबिएस कार्यक्रम सञ्चालन गर्दै आएको साहारा क्याम्पसले पाँच वर्षको छोटो समयमा पाएका सफलता हुन् यी ।

क्याम्पस उत्कृष्टताका आधार अनेकन हुन सक्छन् । त्यसमा क्याम्पसको परीक्षाफल एउटा प्रमुख आधार हो । स्थापना भएको पाँच वर्षमा औसत ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउनु सामान्य उपलब्धि होइन । यो नै साहाराको स्तर छुट्याउने एउटा मापदण्ड हो ।

छोटोे अवधिमा उत्कृष्ट नतिजा ल्याइरहेको साहारा अहिले कर्णालीकै अब्बल कहलिएको छ । क्याम्पसले शैक्षिक वर्ष २0६९/0७० देखि ४ बर्षे बिबिएस कार्यक्रम शुरु गरेको थियो ।


शिक्षकको मेहनत, विद्यार्थीको लगनशिलता, कलेज प्रशासनको उचित व्यवस्थापन र वातावरणले नै निरन्तर उत्कृष्ट बन्न सफल भएको क्याम्पस प्रमुख छविलाल आचार्य बताउँछन् । क्याम्पसको लक्ष्य नै गुणस्तरीय विद्यार्थी उत्पादन गर्नु रहेको उनले बताए ।

‘यहाँबाट उत्पादित जनशक्ति बेरोजगार छैनन्,’ प्रमुख आचार्यले भने, ‘हाम्रा विद्यार्थीले पढ्दा–पढ्दै कम्पनी, बैक तथा बित्तिय संस्थामा धमाधम नाम निकालि रहेका छन् ।’ उनका अनुसार सहाराबाट दुई ब्याच विद्यार्थी निस्किए । ती मध्ये अधिकांशले रोजगारी पाइसकेका छन् ।

स्थापनाकालदेखि अध्यापन गरिरहेका अनुभवी र दक्ष जनशक्तिबाट कक्षा सञ्चालन हुने हुँदा निरन्तर अब्बल नतिजा आउने गरेको उनको दावी छ ।

हालै प्रकाशित बिबिएस चौथो वर्षको को नतिजामा माधुरी काफ्ले ७६ दशमलव ४ प्रतिशत अंक ल्याएर कर्णाली तथा प्रदेश नं. ७ मा उत्कृष्ट भएकी छन् । माधुरी जस्ता मेधावी विद्यार्थी उत्पादन गर्ने साहाराको सफलता अरु क्याम्पसहरुका लागि पनि प्रेरणादायी बनेको छ । छोटोे अवधिमा उत्कृष्ट नतिजा ल्याएको साहारा अहिले कर्णालीकै अब्बल कहलिएको छ ।

हालसम्म व्यवस्थापन संकाय मात्र अध्यापन हुने साहाराले यो वर्षदेखि मानविकी संकाय पनि सञ्चालन गर्दै छ । बिसीए (बाचलर इन कम्प्युटर एप्लिकेशन) र आइटी (इन्फरमेशन टेक्नोलोजि) विषय अध्यापन गर्न लागेको हो । यो विषय कर्णालीमै पहिलो पटक सञ्चालन गर्न लागिएको छ । उक्त कार्यक्रमका लागि क्याम्पसले भर्ना समेत आह्वान गरिसकेको क्याम्पस प्रमुख आचार्यले जानकारी दिए । साहारालाई कर्णाली प्रदेशमै आइटी क्याम्पसको रुपमा विकास गर्न आगामी वर्षदेखि बिएसी/सिएसआइटी सञ्चालन गर्ने तयारी गरिरहेको उनले बताए । अहिलेको नतिजाले आफूहरुलाई थप उत्साही बनाएको प्रमुख आचार्यले बताए ।

शिक्षकको मेहनत, विद्यार्थीको लगनशिलता, कलेज प्रशासनको उचित व्यवस्थापनले नै निरन्तर उत्कृष्ट बनाएको हो , क्याम्पस प्रमुख छविलाल आचार्य ।

हालै प्रकाशित बिबिएस चौथो वर्षको नतिजामा सहाराका छात्रा माधुरी काफ्ले ७६ दशमलव ४ प्रतिशत अंक ल्याएर कर्णाली तथा प्रदेश नं. ७ मा उत्कृष्ट भएकी छन् । माधुरी जस्ता मेधावी विद्यार्थी उत्पादन गर्ने सहाराको सफलता अरु क्याम्पसहरुका लागि पनि प्रेरणादायी बनेको छ ।

विद्यार्थीलाई पढाउने मात्रै नभई सिकाउने प्रचलनका कारण पनि यो विद्यालयको नतिजा उत्कृष्ट भएको क्याम्पसका अध्यक्ष ओम प्रकाश सुबेदी बताउँछन् ।

पुराना शिक्षकहरूको निरन्तरता र लगानी तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा सञ्चालन भएकाले क्याम्पसको उचाइ थप माथि उठेको अध्यक्ष सुवेदीले बताए । ‘प्रोजेक्ट वर्कका रूपमा विद्यार्थीलाई सहभागी गराई पढेका कुरालाई व्यवहारसँग जोड्नु नै हाम्रो क्याम्पसको विशेषता हो,’ उनले भने, ‘लाइब्रेरी, अडियो, भिडियो तथा प्रोजेक्टरमार्फत समय अनुसारको शिक्षण विधि अपनाउँने गरेका छौं ।’ सूचना–प्रविधिको उच्चतम् प्रयोग गर्दै पारिवारिक वातावरणमा दक्ष तथा अनुभवी शिक्षकबाट अध्यापन गराउनु क्याम्पसको विशेषता भएको उनले बताए ।


पाठ्यक्रममा आधारित विषयवस्तुका साथै अतिरिक्त क्रियाकलाप, विद्यार्थीलाई काउन्सिलिङ उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग र मल्टिमिडिया सिकाइ प्रणालीलाई व्यवहारमै प्रयोग गरिरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः   September 4, 2018 at 5:12 pm 


  • प्रतिक्रिया दिनुहोस्