पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघमा नयाँ नेतृत्व

सुर्खेत, २२ मंसिर ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतमा नयाँ नेतृत्व चयन भएको छ । महासंघको १२औं साधारण सभा तथा छैंठौं जिल्ला अधिवेशनले सागर भुषालको अध्यक्षतामा शनिबार नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको अधिवेशनबाट उपाध्यक्षमा डील बहादुर थापा र गंगा प्रसाद ढकाल, सचिवमा कृष्ण प्रसाद रेग्मी, कोषाध्यक्षमा पारसमणि आरसी, सह–सचिवमा जनकसिह ठकुरी चयन भएका छन् ।

त्यस्तै, महासंघको सदस्यमा रोशन पोख्रेल, विष्णु प्रसाद सुवेदी, चेतन कुमार कंडेल, विक्रम खड्का र महिला सदस्यमा विन्दु नेपाल रहेका छन् ।

प्रकाशित मितिः   December 8, 2018 at 6:10 pm 


  • प्रतिक्रिया दिनुहोस्