नागपञ्चमी पर्व मनाईदै 

सुर्खेत, ३१ साउन ।

आजको दिनदेखि वर्षायाम समाप्त भई हिउँद याम प्रारम्भ रहेको धार्मिक मान्यता रहेको छ ।

हिन्दु परम्पराअनुसार आज नागपञ्चमी पर्व मनाईदै छ । घरका ढोकामा नागको चित्र टाँसी पुजा–आजासहित हिन्दुधर्मावलम्बीले नाग पञ्चमी मनाउने गरेका छन् ।

बराह पुराणमा उल्लेख भएअनुसार नागराजसँग ब्रह्माको संवाद पञ्चमी तिथिमा भएकाले श्रावण शुक्ल अर्थात आजको दिन नागपूजा गर्ने चलन छ । यसदिन नागका अष्टकुल अर्थात अनन्त, वासुकि, पद्य, महापद्य, तक्षक, कुलीर, ककर्ट र शङ्ख नागको चित्रमा दुध, दही, अक्षता, फूल, दुबोले पूजा गरी दुध र लावाको नैवेद्य चढाई घरको मूल ढोका माथि टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने, आगो र सर्पको पनि डर नहुने धार्मिक मान्यता छ ।

ब्रह्मवैवर्तपूराणको कथनअनुसार भगवान श्रीकृष्णको पदचिह्नलाई कालीय नागले आफ्नो शिरमा धारण गर्ने सौभाग्य पाएकाले उसका सन्तान दरसन्तानलाई मार्नु हुँदैन भन्ने विश्वास पनि रहेको पाइन्छ । आजको दिन देखी वर्षायाम समाप्त भई हिउँद याम प्रारम्भ रहेको धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मितिः   August 16, 2018 at 1:17 pm 


  • प्रतिक्रिया दिनुहोस्