अन्तर्राष्ट्रिय तेक्वान्दोमा कर्णालीलाई ६ स्वर्ण

सुर्खेत, १७ मंसिर ।
भारतको देहरादुनमा सम्पन्न छैटौँ अन्तर्र्रािष्ट्रय तथा प्रथम पारा तेक्वान्दो प्रतियोगितामा कर्णालीका खेलाडीले ६ वटा स्वर्ण पदक जितेका छन् । नोभेम्बर २९ र ३० मा भएको खेलमा पहिलोपटक नेपालकै प्रतिनिधित्व गरेका कर्णाली प्रदेशका खेलाडीले पदक पाएका हुन् ।

स्वर्ण पदक जित्ने खेलाडीहरूमा शशीराम वि.क., बरुण शाह, प्रणव शाह, रोशन खड्गी, आसुँतोष मल्ल, शुशील वली लगायत छन् भने दिलिप वलीले सिल्भर मेडलसहित दोश्रो स्थान हात पारेका छन् ।

प्रतियोगितामा कर्णाली प्रदेशका तर्पmवाट १० जनाले सहभागिता जनाएको टीम कोच नन्दा बस्यालले जानकारी दिइन् । पुम्से खेल्नका लागि उमेर अनुसार र तौल अनुसार खेलाडीले प्रतियोगितामा भाग लिएको कोच बस्यालकोे भनाइ छ । खेल क्षेत्रमा पूर्वाधार विकास गर्नुका साथै खेललाई कर्णालीले प्राथमिकतामा राख्ने हो भने यसैले प्रदेशलाई चिनाउन सक्ने कोच बस्यालले बताइन् ।

प्रकाशित मितिः   December 3, 2018 at 2:32 pm 


  • प्रतिक्रिया दिनुहोस्