राजनीतिको घनचक्करमा एमयुः उपकुलपति भिएस रजिष्ट्रार !

♦चिन्तामणि शर्मा
सुर्खेत, ६ मंसिर ।
कुनै बेला यस्तो थियो, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार महेन्द्रकुमार मल्ल विचको दोस्ती पुरानो हिन्दी चलचित्र ‘शोले’को मुख्यपात्र विरु (धर्मेन्द्र) र जय (अमिताभ) को भन्दा कम थिएन । बाहिर मात्र नभई आफ्नै पार्टीबाट समेत आक्रमण हुँदापनि उनीहरु ढाल जस्तै भई एकअर्काको पक्षमा चट्टानझै उभिरहे ।

कहानीअनुसार शोले चलचित्रमा सजाय काटेर आएका विरु र जय जब पूर्व प्रहरी ठाकुरको सम्पर्कमा पुग्छन्, तव लालचले उनीहरुलाई कुख्यात डाँकु गब्बरसिंहको इलाकासम्म पु¥याईदिन्छ । रामनगरमा रहेको गब्बरको इलाकामा भिषण लडाई हुन्छ । जुन लडाईबाट विरुले आफ्नो प्राणभन्दा प्यारो मित्र जयलाई गुमाउन पुग्छ । प्रतिशोधको आगोमा जलेको विरुले गब्बरको पुरै साम्राज्य तहसनहस गरिदिन्छ ।

गब्बरलाई जिउँदो या मुर्दा पकड्नुपर्ने सुपारी लिएका उनीहरुलाई पुलिसको ५० हजारको इनाम र ठाकुरको पुरै तिजोरी (खजना) को लोभले तानेको थियो । दुबै हात गुमाएको र आफ्नो छोरो मारिएर आफ्नो सबै थोक लुटिएको अवस्थामा पुगेको असहाय ठाकुर गब्बरसिंहलाई कुनैपनि हालतमा जिउँदो या मृत अवस्थामा फेला पारी आफैले सजाय दिन थियो । यही प्रतिशोध र लालचको कहानी बन्न पुगेको छ, ‘शोले’ ।

कहिले प्राध्यापक, कहिले कर्मचारी त कहिले विद्यार्थी उचालेर एक अर्काविरुद्ध रणनैतिक युद्धको संखनाद गर्दा ‘विचरो’ एमयु रणभूमीमा परिणत भएको छ ।

यसअघि लालचकै कारण रामनगर प्रस्थानकालागि जव विरु र जय रेलबाट उत्रिए, तब गाउँ जाने बाटोमा टाँगावाली बसन्ती भेटिइन् । यी दुईको सारथी बनि युद्धभूमी रामनगर पु¥याइदिने बसन्ती (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली) ले दुबै बहादुरहरुको साथ दिँदै लडाइलाई मुकामसम्म पु¥याउन सहयोग गरिदिइन् । विरुको बल (मुक्का) र जयको चलाखी अनि बहादुरीपनले रामनगर विजय त भयो तर यसको मुख्य पात्र जयको अवसान भयो ।

‘सोले’ चलचित्रमा विरु र जयको दोस्ती अन्तिम समयसम्म कायम रह्यो तर, एमयुका कोईराला र मल्ल विचको दोस्ती अन्तिम समयमा आएर तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यी दुई विचको दोस्ती मझधारमा फसिरहँदा विश्वविद्यालय लामोे समयदेखि तालावन्दीकै अवस्थामा रहेको छ । हाल एकले अर्कोविरुद्ध जाईलाग्दा आपूm नदेखिकनै आफ्ना सेनाको परिचालन गर्ने गरेका छन् । आ–आफ्नो मजबुत किल्ला बनाई बसेका यी दुईले आ–आफ्नो किल्लाबाटै जाइलाग्ने गरेका छन् ।

कहिले प्राध्यापक, कहिले कर्मचारी त कहिले विद्यार्थीहरु उचालेर एक अर्काविरुद्ध रणनैतिक युद्धको संखनाद गर्दा ‘विचरो’ एमयु रणभुमीमा परिणत भएको छ । शोले चलचित्रमा जस्तै यी दुई विचको दोस्तीको कहानी निकै लामो रहेको छ । जव कोइराला मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर आए तब उनले आफू अनुकुल चल्ने, चतुर सकभर कांग्रेस पार्टी निकट भएको ब्यक्तिको खोजिमा लागे । उनले चाहेको सबै योग्यताले परिपुर्ण ब्यक्ति थिए, तत्कालिन रजिष्ट्रार महेन्द्रकुमार मल्ल । राजनीतिक सन्तुलनको आधारमा आफूलाई सफल बनाउन चाहने कोइराला र सानै उमेर भएपनि पहुँच र शक्तिका आधारमा आफुलाई प्राज्ञिक क्षेत्रका स्थापित गराउँदै लगेका महेन्द्रकुमार मल्ल विचको मित्रताको गाँठो यही ‘इन्ट्रेस्ट’ले कसिलो बनाउँदै लग्यो । तरपनि दुवैले आफूलाई कसरी अब्बल बनाउने भन्ने स्वार्थमा केन्दित गराउँदै लगे । केपी ओलीको अघिल्लो प्रधानमन्त्रीय कार्यकालको अन्तिम समयमा आएर नियुक्त भएका मल्लले चतु¥याइपूर्ण तवरले सबैलाई चकित पार्दै रजिस्ट्रारको पद हत्याई छाडे ।

रजिस्ट्रारमा उनलाई नियुक्त नगर्न उपकुलपतिलाई उनको माउपार्टी तत्कालिन एमालेले ठुलो दवाव दियो । महिनौं दिनसम्म पनि रजिस्ट्रार नियुक्त नगरी मल्ललाईनै बनाउने ताकमौकाको पखाईमा उपकुलपति बसिरहे । शिक्षामन्त्री माओवादीको हुँदासम्म मल्ललाई रजिस्ट्रार बनाउन नसकिने आँकलन गरी बसेका उपकुलपतिले माओवादीको सरकारबाट बर्हिगमनको दिनलाई उपयोगमा लिए । कांग्रेसबाट रजिस्ट्रार पाउन नसकिने भएकोले चतुर मल्लले उपकुलपतिलाई आफ्नो पूर्णबसमा पारेका थिए । मल्ल रजिस्ट्रारमा नियुक्त भइसकेपछि उनले अघिल्लो कार्यकालमा हृदयराम थानीबाट रजिस्ट्रार बनेको बिर्सदै थानी पक्षलाईनै पेल्न सुरु गरे । सबैै कुरा पूर्णबहादुर खड्का खेमाको सुन्ने गरेका मल्ल विरुद्ध कांग्रेस निकटहरुनै मैदानमा उत्रिए ।

जब कोइराला मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएर आए तब उनले आफू अनुकुल चल्ने, चतुर सकभर कांग्रेस पार्टी निकट भएको ब्यक्तिको खोजिमा लागे । उनले चाहेको सबै योग्यताले परिपुर्ण ब्यक्ति थिए, तत्कालिन रजिष्ट्रार महेन्द्रकुमार मल्ल । राजनीतिक सन्तुलनको आधारमा आफूलाई सफल बनाउन चाहने कोइराला र सानै उमेर भएपनि पहुँच र शक्तिका आधारमा आफुलाई प्राज्ञिक क्षेत्रका स्थापित गराउँदै लगेका महेन्द्रकुमार मल्ल विचको मित्रताको गाँठो यही ‘इन्ट्रेस्ट’ले कसिलो बनाउँदै लग्यो ।

रजिस्ट्रार विरुद्धको आन्दोलनको नेतृत्व सुरुवाती चरणमा विद्यार्थी नेता अनिलबहादुर शाहीले सुरु गरे । रजिस्ट्रार मल्ल मात्रै होइन उपकुलपति कोइरालाले समेत आफ्नो माउपार्टी तत्कालिन नेकपा एमालेका कुरा सुन्नै छाडे । सुर्खेतमा रहेका सवै एमालेहरु आफूभन्दा जुनियर भएको सार्वजनिक अभिब्यक्ति दिँदै हिडेका उपकुलपतिले कहिले कंडेल पक्ष त कहिले कंडेल इतर पक्षलाई साथमा लिदै ‘फुटाउ अनि राज गर’ भन्ने रणनीति अख्तिहार गर्दै गए । एक पक्ष रिसाउँदा अर्को पक्षलाई हातमा लिन सक्ने अभुतपूर्व क्षमता भएका कोइराला उपकुलपतिको अन्तिम कार्यकाल तिर आएर भने पुरै पार्टीलाईन अनुसार चल्न खोजेको जस्तो गरी चलाखीपूर्ण कदमहरु चालिरहेका छन् । यसको प्रमाण पछिल्लो समयमा गरिएको विभाग र क्याम्पस प्रमुखहरुको नियुक्ति रहेको देखिन्छ । तर, पछिल्लो समयमा आएर यी दुई विचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थाबाट गुज्रदै गएको छ ।

बिहिबार मात्रै रजिस्ट्रारको इसारामा उपकुलपतिलाई नेपालगञ्जमा नेपाल विद्यार्थी संघले नियन्त्रणमा लिएको छ भने यसको विरुद्धमा नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विज्ञप्ती जारी गर्दै यसबाट ठूलो दुर्घटना हुनसक्नेतर्फ सचेत गराउँदै घटना घटाउने सबैलाई कडाभन्दा कडा कार्वाहीको माग गर्दै अन्यथा जुनसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी दिइएको छ । पूर्व माओबादी र एमाले निकटका विद्यार्थी संगठनहरुले उपकुलपतिलाई गरिएको ब्यवहारविरुद्ध आन्दोलन गर्ने भन्दै उर्दी जारी गरिसकेका छन् । उपकुलपति र रजिष्ट्रारको मित्रतापूर्ण सम्बन्धमा दरार आउने मुख्य कारणमा आंगिक क्याम्पसहरुमा नियुक्त गरिने प्राध्यापक कर्मचारीहरुको नियुक्ति रहेको जानकारहरु बताउँछन ।

विद्यापुर बहुमुखी क्याम्पस लगायतमा रजिष्ट्रार आफ्ना मान्छे नियुक्त गर्न चाहन्थे, त्यो कुरा उपकुलपतिलाई मन परिरहेको थिएन । रजिष्ट्रारको बढ्दो दमखम र चलखेल रोक्न यस विचमा उपकुलपतिले रजिष्ट्रारका केही अधिकारहरु कटौती गर्दै विश्वविद्यालयको सिनेटबाट नियमावलीहरु संशोधन गरेका थिए । यसैगरी, केही पार्टटाइम टिचरहरुलाई डेमोक्रेट टिचरहरुको चियापानमा भएको कुटपिट र बदलामा गरिएको निलम्बनलाई उपकुलपतिको ‘इनिसियसन’मा गरिएको कार्वाही फुकुवा पनि दरार आउने कारण बने ।

क्रिया र प्रतिकृया बढ्दै जाँदा स्ववियु उपसभापति आदित्य विक्रम शाहलाई रजिष्ट्रारले इन्जिनियरिङ्ग विभागको प्रशिक्षकमा राख्न खोजेकोमा उपकुलपति र इन्जिनियरिङ्ग संकायको डीनले अस्वीकार गरिदिएपछि रजिष्ट्रारले उनलाई आफ्नो स्वकीय सचिवमा राखि छाडे भने यसैको प्रक्रियास्वरुप उपकुलपतिले समेत कमल सिंजापतिलाई आफ्नो स्वकीय सचिवमा नियुक्त गरी छाडे ।

आखिर जे–जस्ता कारणहरु भएपनि उपकुलपति र रजिष्ट्रार विचमा बेमेल हुनुको प्रमुख कारण भागबण्डानै रहेको विश्वविद्यालय श्रोतले जानकारी दिएको छ । ‘सोले’ चलचित्रको विरु र जय विचको जस्तै सम्बन्ध एकाएक ठाकुर र गब्बरसिंहको रुपमा परिणत हुनु विश्वविद्यालय र समग्र शिक्षा क्षेत्रको लागि कदापी राम्रो मान्न सकिन्न । तिक्ततापूर्ण सम्बन्ध पूनः मित्रतामा परिणत होस् भन्ने शुभकामना !

सिद्धदर्शन दैनिकबाट

प्रकाशित मितिः   November 23, 2018 at 2:54 pm 


  • प्रतिक्रिया दिनुहोस्