
सुर्खेत, २५ कात्तिक ।
कर्णाली प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेश बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा गरिब भएको बताएकी छन् । ‘बजेट नभएर कर्णाली गरिब भएको होइन,’ आईतबार सुर्खेतको चिङगाड गाँउपालिका–३ स्थित चुली यूवा क्लबको साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री केसीले भनिन्, बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसक्दा कर्णाली गरिब भएको हो ।’
कृषिमा दिईएको अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै मन्त्री केसीले अब मुख हेरेर चिनजानका आधारमा अनुदान र बजेट नदिईने बताइन् ।
कृषि पेशा गर्नेलाई सम्मान गर्ने बानी बसाल्नुपर्ने भन्दै मन्त्री केसीले किसानले उत्पादन गरेका कृषि वस्तुको बजार व्यवस्थापन गर्न प्रदेश सरकार लागिपरेको जिकिर गरिन् ।
‘सरकार कुनै पार्टीको नभएर जनताको हो,’ मन्त्री केसीले भनिन्, ‘जनतासँग एकाकार भएर जानु नै सरकारको मुख्य काम हो ।’ तीनै तहका सरकारले मिलेर जनताको काम गर्ने भएकाले योजना बनाउँदा सहकार्य र समन्वय गरेर काम गरिने उनको भनाई थियो ।
प्रकाशित मितिः November 11, 2018 at 6:57 pm























कर्मसञ्चार । २०७५ कार्तिक २५ गते आइतवार