वीरेन्द्रनगरको रंगशालामा माघी मेला हुँदै

फाइल फोटोः

सुर्खेत, २४ पुस ।
सुर्खेतको वीरेन्द्रनगरमा माँघे सक्रान्ति मेला सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा नेपाल मगर संघ सुर्खेतले पाँच दिने माघि मेला लगाउने भएको हो ।

अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि मगर समुदायको मौलिक संस्कृति झल्कने गरी मेलाको आयोजना गर्न लागिएको मेला प्रचार–प्रसार समितिका संयोजक दीपबहादुर राना मगरले जानकारी दिए । मेला आयमूलक नभई पहिचानमूलक हुने उनले बताए । मेला यही पुस २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।

पहिलो दिन विभिन्न झाँकी र ¥यालीसहित वीरेन्द्रनगरको मंगलगढीचौकबाट शुरु भइ रंगशालाको प्राङ्गणमा गइ औपचारीक उद्घाटन गरिनेछ । मेला सफल पार्न सुर्खेतका सात वटा स्थानीय तहबाट करिब १५ हजार भन्दा बढीको उपस्थिति रहने बताइएको छ । मेला सञ्चालनका लागि २८ लाख खर्च हुने आयोजकको अनुमान छ ।

माघि मेलामा मगर परिकार, मगर समुदायबाट उत्पादित वस्तुहरुको स्टल, विभिन्न प्रतियोगिताहरु पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । मेलामा मनोरञ्जन दिन ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीयस्तरका कलाकार समेत आउने भएका छन् ।

प्रकाशित मितिः   January 8, 2019 at 12:42 pm 


  • प्रतिक्रिया दिनुहोस्