सुर्खेत, १६ कात्तिक ।
सुर्खेत प्रहरीले जुवाखालबाट चार जना जुवाडे पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ बुद्धपथबाट एक लाख नगदसहित शुक्रबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लेकवेशी नगरपालिका स्थायी ठेगाना भई हाल वीरेन्द्रनगर–६ बस्ने यम ढकाल, वीरेन्द्रनगर–११ चनौटेका गगन विष्ट, वीरेन्द्रनगर–११ पिपिरा बस्ने गणेश पौडेल र वीरेन्द्रनगर–४ बस्ने विशाल हमाल रहेको नगर प्रहरी कार्यालय वीरेन्द्रनगरका सई तेजबहादुर खड्काले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले १ लाख ४२ हजार ६ सय रुपैयाँ बरामद गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः November 2, 2018 at 4:40 pm


कर्मसञ्चार । २०७५ कार्तिक १६ गते शुक्रवार