केशव स्थापित मन्त्रीबाट बर्खास्त

हेटौंडा, १६ कात्तिक ।
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।
स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः   November 2, 2018 at 4:19 pm 


  • प्रतिक्रिया दिनुहोस्