दुई पत्रकार सम्मानित


पुस १४, सुर्खेत ।
सुर्खेतका दुई जना पत्रकार सम्मानित भएका छन् । स्काई न्यूज दैनिकका सम्पादक आकाशतारा बयक र हाम्रो नयाँ नेपाल दैनिकका कार्यकारी सम्पादक शेरबहादुर थापा शनिबार सम्मानित भएका हुन् । उनीहरुलाई छुट्टा–छुट्टै संस्थाले वीरेन्द्रनगरमा सम्मान गरेको हो ।

नेपाल टेलिभिजन, रेडियो नेपाल र आर्थिक अभियान दैनिकमा समेत आवद्ध बयकलाई नेपाल डेरी एशोसिएसनले पत्रकारिताको माध्यमबाट दुग्ध क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान पत्रसहित सम्मान गरेको छ ।

यस्तै, लोकान्तर डटकमसँग समेत आवद्ध थापालाई आदर्श ग्रामीण सहकारी संस्थाले सहकारी क्षेत्रको विकासका लागि कलम चलाएको भन्दै वार्षिक साधारण सभाको अवसरमा सम्मान पत्रसहित सम्मान गरेको हो ।

प्रकाशित मितिः   December 29, 2018 at 6:18 pm 


  • प्रतिक्रिया दिनुहोस्