दैलेख, १२ मंसिर ।
दैलेखमा बुधबार जीप दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुगेको छ । सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिका- ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो । दुर्घनामा २ जना घाइते छन्।
मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही, ४ की रत्ना शाही, चालक रमेश शाही, वडा न.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा नं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ। घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। जीप सडकदेखि करीब ५० मिटर तल खसेको थियो। हालसम्म दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः November 28, 2018 at 4:34 pm























कर्मसञ्चार । २०७५ मंसिर १२ गते बुधवार