जीप दुर्घटनामा तीनको मृत्यु, चार घाइते

जुम्ला, ७ कात्तिक ।
जुम्लाको नाग्म गमगडी सडक खण्ड्को हिमा गाउँपालिका वडा नं १ वड्कीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चार जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते चारैको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख (डिएसपी) सिताराम रिजालका अनुसार खलंगादेखि सुर्खेतका लागि छुटेको भे १ ज ८६५ नम्बरको बुलबुले यातायातको जीप सिजाको नराकोट गएर फर्किने क्रममा दुर्घटना भएको हो । मृत्यु हुनेमा एक जना बच्चा, एक महिला र एक पुरुष छन् ।
डिएसपी रिजालले दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत हुन नसकेको बताए । घाइते चारै जनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पठाइएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गंगाराम विकले विहान इन्ट्री गराउदा जीपमा दुई जना मात्रै सवार रहेको जनाए । तर जुम्ला कालिकोटको सिमाना नाग्मगाडवाट सिजा नराकोट गएर विरामी लिएर फर्कदै गर्दा जीप दुर्घटनामा परेको बताए । दुर्घटनाग्रस्त जीप सडक भन्दा झण्डै २ सय मिटर तल खसेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेलाई अस्पताल पठाइसकेको र मृतकको पहिचान हुन नसकेको उनले बताए ।

प्रकाशित मितिः   October 24, 2018 at 5:48 pm 


  • प्रतिक्रिया दिनुहोस्