
सुर्खेत, १४ माघ ।
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली पर्यटन महोत्सव हुने भएको छ । सुर्खेत चेम्बर अफ कमर्सले महोत्सव आयोजना गर्न लागेको हो । आगामी फागुन ३ गतेदेखि ११ गतेसम्म वीरेन्द्रनगर नगरपालिकको दक्षिणतर्फको चौरमा मेला लाग्ने आयोजकले जनाएको छ ।
दश करोड बढीको कारोबार हुने लक्ष्य राखेको महोत्सवमा पाँच लाख जति आम्दानी हुने आंकलन गरिएको सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।
मेला आयोजकका अनुसार नाफा भएको रकमबाट वीरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा पाँच लाख रुपैयाँ बराबरको सार्वजनिक शौचालय निर्माण गरिने छ । मेलाबाट कर्णालीका उत्पादन, कला संस्कृति र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, विक्रि, बजारिकरण र प्रवद्र्धन हुने आयोजकको अपेक्षा छ । मेलामा कर्णाली प्रदेशका अधिकांश जिल्लाका चेम्बर शाखाहरुको सहभागिता समन्वय र सहकार्य रहने बताइएको छ ।
प्रकाशित मितिः January 28, 2019 at 2:57 pm


कर्मसञ्चार । २०७५ माघ १४ गते सोमवार