उपभोक्ता ठग्ने ब्यापारीको जुक्तिः तराजुमा चुम्बक, ढुङ्गाको ढक

बदमास व्यापारी, बदनाम बजार !

(कर्म फोटो क्याप्सन) तस्बीर सौजन्यः उत्तम शर्मा

सुर्खेत, ६ असोज ।
सुर्खेतको वीरेन्द्रनगर बजार अनुगमनका क्रममा सोमबार बरामद गरिएका अवैध ढक–तराजु । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरका केही व्यवसायीले ढक तराजुमा बदमासी गरेर उपभोक्ता ठग्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले व्यवसायीहरूले प्वाल परेका, प्लाष्टिकको डोरी प्रयोग गरिएका, चुम्बक टाँसेका, ५० ग्रामभन्दा कम तौल भएका ढक प्रयोग गरेर उपभोक्ता ठगी गर्ने गरेको पाइएको जनाए । उनकाअनुसार ढकको रूपमा ढुङ्गालगायतका गैर-नापतौलका वस्तु प्रयोग गर्ने गरिएको भेटिएको छ ।

नियमित बजार अनुगमन नहुनु, व्यवसायीका पेशागत संघ संगठनको बचावट तथा आमउपभोक्ता सचेत नहुँदा विभिन्न बहानामा व्यवसायीले उपभोक्ता ठग्ने गरेका छन् । योसँगै वीरेन्द्रनगरमा दैनिक उपभोग्य वस्तुमा अखाद्य सामग्रीको मिसावट पनि व्याप्त छ । केही दिनयता सयुक्त अनुगमन टोलीले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

प्रकाशित मितिः   September 23, 2019 at 10:19 pm 


  • प्रतिक्रिया दिनुहोस्