काठमाडौं, ९ असोज ।
दसैँका लागि सर्वसाधारणले असोज २१ गतेदेखि नयाँ नोट साट्न पाउने भएका छन् । प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
५, १०, २०, ५०, १ सयका नयाँ नोट सटही हुनेछ । बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ । बैंकहरुले ११ गतेदेखि नयाँ नोट पाउने छन् । सर्वसाधारणलाई २१ गतेदेखि वितरण गरिनेछ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले सरकारी स्वामित्व भएका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुने बताए । ति तीन बैंकका तोकिएका शाखाबाट सर्वसाधारणले नोट लिन सक्नेछन् । शाखाहरु भौगोलिक स्थिति हेरेर पछि सार्वजनिक गरिनेछ ।
यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ । गत वर्ष १२ अर्बको सटही भएको थियो । गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पु¥याइएको हो । हाल चलनचल्तीमा रहेका नोटमध्ये संख्यात्मक हिसावमा ५ का नोट सबैभन्दा धेरै छन् । ५ का नोट ४८ करोडको संख्यामा चलनचल्तीमा रहेको निरौलाले जानकारी दिए ।
प्रकाशित मितिः September 25, 2018 at 6:55 pm













कर्मसञ्चार । २०७५ असोज ९ गते मंगलवार