‘अर्थोमुर्भस स्पेयर पार्टस’ सुर्खेतमै

सुर्खेत, १ असोज ।
कर्णाली प्रदेश राजधानी विरेन्द्रनगरमा अर्थोमुभर्स पार्टस सेन्टर सञ्चालनमा आएको छ । जेसीभी, स्काभेटर, भ्याकुलोडर तथा अन्य हेभी इक्युपमेन्टस स्पेयर पार्टस सेन्टर वीरेन्द्रनगर–३ यरीचोकमा सञ्चालनमा ल्याइएको हो ।

सोमबार सेन्टरको उद्घाटन गर्दै कर्णाली प्रदेश सभाका उपसभामुख पुष्पा घर्तिले सुर्खेतमै अर्थोमुर्भसको पार्टस उपलव्ध हुनुले हेभी ईक्युपमेन्ट व्यवसायीलाई सहज रुपमा सेवा उपलब्ध हुने अपेक्षा व्यक्त गरिन् । सुर्खेतमा नै पहिलो पटक सुरु गरिएको यस व्यवसायले भविष्यमा हेभी इक्युपमेन्ट क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिईन् ।

ग्रामीण क्षेत्रहरुमा हेभी ईक्युपमेन्टसको प्रयोग व्यापक भईरहेकोले यसले व्यावसायिक एवम् सेवा मुलक रुपमा काम गर्ने सेन्टरका सञ्चालक खगेन्द्र रिमालले बताए ।

सेन्टरबाट हेभी इक्युपमेन्टस सम्वन्धि सामानहरु, मेकानिक्स साथै होच फिटिङ सम्वन्धि सेवा प्रदान गरिने उनले जानकारी दिए ।

प्रकाशित मितिः   September 17, 2018 at 7:14 pm 


  • प्रतिक्रिया दिनुहोस्