बिउरेनीमा दुई बस एकआपसमा ठोकिँदा ४२ यात्रु घाइते, ५ जना गम्भीर (भिडियोसहित)

सुर्खेत, ३० भदौ ।
रत्न राजमागअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडक खण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोकिँदा ४२ यात्रु घाइते भएका छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना. ४ ख ७०२४ र नेपालगन्जदेखि सुर्खेत आउँदै गरेको बा. ३ ख ६२१२ न को यात्रुवाहक बस शनिबार दिउँसो (आज) सुर्खेतको सुब्बाकुना नजिक बिउरेनीमा ठोकिँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज (प्रहरी निरीक्षक) हरि बिसीले जानकारी दिए । प्रहरीका अनुसार घाइतेहरुको वीरेन्द्रनगरस्थित माया नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

https://www.facebook.com/prakash.chhetri.568/videos/pcb.2701410436551346/2701401573218899/?type=3

प्रकाशित मितिः   September 15, 2018 at 3:32 pm 


  • प्रतिक्रिया दिनुहोस्