
वीरेन्द्रनगर, २६ भदौ ।
सुर्खेतमा ‘कलेक्शन बैंक फर अल’ स्थापना गरिएको छ । उज्यालो जीवन सुर्खेत र आशा सन्जालको सहकार्यमा प्राकृतिक विपद्, अपाङ्गता, विपन्न, घरबारविहीन तथा सडक वालवालिकाहरुका लागि ‘कलेक्शन बैंक फर अल’ अर्थात विभिन्न सामाग्रीहरु जम्मा गर्ने बैंक स्थापना गरिएको हो ।
विपद्मा परेका तथा गरिबीका कारणले सामान्य जीवनयापन गर्न असहज भएका व्यक्तिहरुलाई सहयोग गर्ने उदेश्यले कलेक्शन बैंक स्थापना गरिएको अभियानकर्ता हरि उपाध्यायले बताए । उनका अनुसार बैंकमा जम्मा भएका लत्ताकपडा, कापी, किताव लगायतका सामाग्रीहरु असहायलाई वितरण गरिनेछ । गरिबीका कारणले कपडा, कापी ,किताबलगायत दैनिक जीवनमा आवश्यक्ता पर्ने सामाग्रीहरु किन्न नसक्नेका लागि बैंकको स्थापना गरिएको हो । गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै अभियानकर्ता उपाध्यायले भने, ‘कलेक्शन बैंक फर अलमा अहिलेसम्म ५ सय थानभन्दा बढी कपडा लगायतका सामान जम्मा भइसकेको छ ।’ नेपालजस्तो अविकसित देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम भएको उनको भनाई छ ।

युवाहरुको सक्रियतामा अभियान निःस्वार्थ सेवा भावले सुरु गरिएको र सेवाभाव भएका सम्पुर्ण व्यक्तीहरुको साथ र सहयोगको अपेक्षा राखेको उनले वताए । अभियान अन्र्तगत सहयोगका लागि हरेक शनिबार सुर्खेतका विभिन्न चोकहरुमा जाने गरेको र विषेशगरी सामाजिक संजाल मार्फत अभियानलाई संचालन गरिरहेको अभियानकर्ताहरुले बताएका छन् । पहिलो चरणमा सुर्खेतका वाढिपिडित परिवारहरुको घरदैलोमा पुगेर सहयोग गर्ने तयारी गरिएको जनाइएको छ ।
प्रकाशित मितिः September 11, 2018 at 11:35 am























कर्मसञ्चार । २०७५ भाद्र २६ गते मंगलवार