सुर्खेत, २६ भदौ ।
गुर्भाकोट नगरपालिका –१४ जुगेपानीमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ५० वर्षीय प्रेमबहादुर कामीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रेमबहादुरको घरमा गएराति चट्याङ परेको थियो ।
चट्याङ लागेर उनकी पत्नी ४८ वर्षीय खगिसरा पुन घाईते छन् । उनको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ । गोठमा रहेका दुई गाई, एक गोरु र एक कुकुर पनि चट्याङमा परेर मरेका छन् ।













कर्मसञ्चार । २०७५ भाद्र २६ गते मंगलवार