कर्णालीमा खुले भू–जलाधारका कार्यालय

वीरेन्द्रनगर, १५ भदौ । कर्णाली प्रदेशमा भू–जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । यसअघि जिल्ला–जिल्लामा रहेका भूसंरक्षण कार्यालयहरु संघीय संरचनासंगै खुम्चिएका छन् । प्रदेश वन निर्देशनालय अन्र्तगत सुर्खेत र जुम्लामा भू–जलाधार व्यवस्थापन कार्यालय कायम भएका हुन् ।
भू–जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिवराम अधिकारीले सुर्खेत, दैलेख र सल्यान जिल्ला हेर्ने बताए । सुर्खेत कार्यालय साबिकको जिल्ला भूसंरक्षण कार्यालयमै स्थापना गरिएको छ । त्यस्तै, जुम्लाले माथिल्लो कर्णालीका पा“च जिल्ला हेर्नेछ । जाजरकोटस्थित भू–जलाधार व्यवस्थापन कार्यालय भने संघ मातहत हुनेछ । जसले पश्चिम रुकुम पनि हेर्नेछ ।
सुर्खेत कार्यालयको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले सोमबार गरेका थिए । उनले चालू आवमा जलाधार क्षेत्रमा १७ करोड बजेट विनियोजन गरेको भन्दै त्यसको सही सदुपयोग हुने गरी कार्ययोजना बनाउन निर्देशन दिए । मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले कार्यालयमा प्राविधिक कर्मचारीको अभाव रहेकाले तत्काल व्यवस्थापन गर्न मुख्यमन्त्री र प्रमुख सचिवसंग माग गरिरहेको बताए ।

प्रकाशित मितिः   August 31, 2018 at 12:20 pm 


  • प्रतिक्रिया दिनुहोस्