स्याउ बगौंचामा माननीय

कर्णाली प्रदेश सभाका सदस्यहरू जुम्लाको स्याउ बगौंचामा । कर्णाली प्रदेश सभाअन्तर्गतको सामाजिक विकास समितिले शुरु गरेको ‘सहकारी विधेयक –२०७५’ को अन्र्तक्रिया तथा सुझाव संकलनका लागि जुम्ला पुगेका समितिका सदस्यहरू स्याउ किसानका समस्या बुझ्न बगौचामै गएका हुन् । स्याउको सिजन शुरु भएसँगै यतिबेला यहाँका किसानलाई स्याउ टिप्ने र किनबेचको चटारो छ । यो वर्ष जुम्लामा स्याउ प्रतिकेजी न्युनतम ५० देखि ६० रुपैयाँमा किनबेच भईरहेको छ । स्याउका लागि निकै प्रसिद्ध मानिएको जुम्लामा उत्पादित स्याउको मूल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ छ । पछिल्लो समय जुम्लामा अग्र्यानिक उत्पादनमा जोड दिएपछि देशभर जुम्लाको स्याउको माग उच्च रहेको छ ।

 तस्विर– प्रदेश सभा सदस्य पद्मा खड्काको फेसबुकबाट ।


 

प्रकाशित मितिः   August 29, 2018 at 7:29 pm 


  • प्रतिक्रिया दिनुहोस्