सुर्खेत, १२ भदौ ।
वीरेन्द्रनगर–९ लाटीकोइलीमा मंगलबार रोपाइँ जात्रा मनाइएको छ । हरेक वर्षको गाईजात्राको भोलिपल्ट यहाँ रोपाइँ जात्रा मनाउने गरिन्छ । रोपाइँ गर्ने तरिका र रोपाइँ सकिएको संकेत गर्ने पर्वका रूपमा यसलाई लिइन्छ ।
रोपाइँ जात्रामा रोपार, बीउ, रोपाइँ गर्दा प्रयोग गरिने साधन पनि प्रदर्शन गर्ने परम्परा छ । रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाइन्छ ।
यस दिन पनि गाईजात्राको दिन जस्तै प्रहसन र व्यंग्य प्रदर्शन गरिन्छ । परापूर्वकालदेखि मनाउँदै आएको रोपाइँ जात्रालाई यसपटक पनि निरन्तरता दिइएको शिवविहार पुस्तकायका सदस्य एवं युवा समाजसेवी मिलन श्रेष्ठले बताए ।
शिवविहार पुस्तकालयले चाडपर्व, धार्मिक तथा साँस्कृतिक मेला महोत्सवमा यस्ता खाले संस्कृति र परम्परा झल्कने गतिविधि गर्दै आएको छ ।
लाटीकोइलीमा निकालिएको जात्राका झलकहरु–
https://www.youtube.com/watch?v=aZa9BMcGKbs&feature=share




















कर्मसञ्चार । २०७५ भाद्र १२ गते मंगलवार