निहारिकाको ‘योगमाया’लाई मदन पुरस्कार

काठमाडौं, ११ भदौ ।

यस वर्षको मदन पुरस्कार निलम कार्की ‘निहारिका’ को पुस्तक ‘योगमाया’ले पाएको छ । यस वर्ष मदन पुरस्कालागि आठ पुस्तक प्रतिस्पर्धामा थिए ।

ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञसको ‘भुइँया’नयनराज पाण्डेको ‘यार’, निलम कार्की ‘निहारिका’को ‘योगमाया’ राज माङलाकको ‘लिम्बुनी गाउँ’ र मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ पुस्तक मदन पुरस्कारको प्रतिस्पर्धामा थिए ।

यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द जानकारी दिएका छन् । कार्कीको चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो ।

त्यस्तै गुठीले शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको छ । दुबै पुरस्कारको राशी दुई–दुई लाख रुपैयाँ छ ।

प्रकाशित मितिः   August 28, 2018 at 6:27 pm 


  • प्रतिक्रिया दिनुहोस्