रहेनन् कलाकार टेकबहादुर सुस्लिङ

सुर्खेत, २० पुस ।

कुशल बाद्यवादक एवं कलाकार टेकबहादुर सुस्लिङ मगरको बिहीबार राती निधन भएको छ । सुर्खेती माटोलाई कलाकारिताबाट देशभर चिनाउने कलाकार सुस्लिङ केही समययता मृगौंला लगायतका रोगबाट ग्रसित थिए ।  उपचारका लागि काठमाडौं लैजाँदै गर्दा कोहलपुरमा उनको निधन भएको हो ।

वि.सं. २०२५ सालमा सुर्खेतको खजुरामा जन्मिएका सुस्लिङ मगरले वि.सं. २०४३ सालदेखि मादल बादनवाट कलायात्रा शुरु गरेका थिए । सुर्खेतको प्रतिनिधित्व गर्दै देशव्यापी रुपमा विभिन्न समयमा आयोजना गरिएको ३० वटा नृत्य प्रतियोगितामा कलाकार सुस्लिङ मगर सहभागि भएका थिए भने ती मध्य २४ वटा नृत्यमा सुर्खेत प्रथम भएको थियो ।

‘अत्यन्तै कुशल र सरल स्वभावका कलाकारको निधनले स्तव्ध भएको छु’, बरिष्ठ कलाकार प्रेमदेव गिरीले भने, ‘आज सिङ्गो कर्णालीका कलाकार स्तव्ध छन् ।’

 

प्रकाशित मितिः   January 4, 2019 at 5:51 pm 


  • प्रतिक्रिया दिनुहोस्