वीरेन्द्रनगरमा बजाज म्याक्सीमा–सीको विक्री शुरु

भदौ ४, सुर्खेत ।
वीरेन्द्रनगरको असिम अटो पार्टसले बजाज म्याक्सीमा–सीको बिक्री सुरु गरेको छ । सोमबार असिम अटो पार्टसले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रकको आयोजना गरी म्याक्सीमा–सीको बिक्री बितरण सुरु गरेको हो । बजाज म्याक्सीमा–सी ग्यास सिलिन्डर, सिमेन्ट, पेयपदार्थ, कार्टूनप्याक तथा घरायसी खाध्यान्न बोक्न यसको प्रयोग गर्न सकिनेछ ।
बजाजको म्याक्सीमा–सी शक्तिशाली, आरामदायी र कम खर्चीलो तीन पाङ्ग्रे सवारी साधन भएको असिम अटो पाटर्सका निर्देशक लक्ष्मण कँडेलले जानकारी दिए । उनले कम लागतमा उत्कृष्ठ सेवा प्रदान गर्ने दाबी गर्दै बजाज म्याक्सीमा–सीको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ पर्ने बताए । कँडेलका अनुसार बजाज म्याक्सीमा–सी थ्रि पिक अप लोडर हो । यो सहरी क्षेत्रमा सामान ओसार पसार गर्ने प्रयोजनको लागि बढी प्रयोगमा आउने कम्पनीले जनाएको छ ।
१२ लिटरको फियुल ट्याङ्की रहेको अटो रिक्साको लम्बाई २१२० एमएम रहेको छ । यसमा उच्च ग्राउन्ड क्लियरेन्स १९३ एमएम छ । यसले एक पटकमा ५१५ केजीसम्म सामान ओसार प्रसार गर्न सक्नेछ ।

प्रकाशित मितिः   August 20, 2018 at 9:00 pm 


  • प्रतिक्रिया दिनुहोस्