साढे दुई करोड लगानीमा आधुनिक अटो वर्कशप

सुर्खेत, ५ जेठ ।
सुर्खेतका युवा व्यवसायी कमल खड्का ‘जुनी’ ले साना तथा ठूला गाडी मर्मत र सर्भिसिङका लागि अत्याधुनिक वर्कशप सञ्चालनमा ल्याएका छन् । साढे दुई करोडको लगानीमा केवी इन्टरप्राइजेजका नाममा वीरेन्द्रनगरको यरीचोकमा वर्कशप सञ्चालनमा आएको हो ।

देउती नागरिक यातायातका अध्यक्ष समेत रहेका खड्काले नयाँ व्यवसायका रुपमा वर्कशप सञ्चालन गरेको भन्दै अब सुर्खेतमै सबै किसिमका गाडीहरु मर्मत तथा सर्भिसिङका लागि एउटै थलोबाट सेवा दिइने बताए । हेवी इक्विमेन्टलगायत सबै किसिमका गाडी मर्मत गर्ने एउटै थलोको रुपमा वर्कशप सञ्चालनमा ल्याइएकाले ग्राहकलाई उत्कृष्ट सेवा दिने उनको दावी छ । वर्कशपमा गाडी धुने, सर्भिसिङ, मर्मतलगायत टायर र पार्टपुर्जाहरु समेत उपलब्ध हुनेछ ।

प्रकाशित मितिः   May 19, 2019 at 10:45 am 


  • प्रतिक्रिया दिनुहोस्