
सुर्खेत, २८ मंसिर ।
सुर्खेत उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि भोली हुने निर्वाचनमा आफ्नो प्यानल विजयी गराउन संयुक्त उद्योगी–व्यवसायीहरुको टीमले वीरेन्द्रनगर बजार क्षेत्रमा समर्थक व्यवसायीहरुको ¥याली निकालेको छ । उम्मेदवारी दर्ता गरेर बुधबारदेखि चुनावी प्रचारलाई तीव्रता दिएको प्रकाश उप्रेती नेतृत्वको संयुक्त टीमले शुक्रबार अन्तिम चुनावी कोण सभासमेत गरेको हो ।
कोण सभालाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार उप्रेतीले आफूहरुको चुनावी प्रचारमा उर्लिएको व्यवसायीको संख्याले नै चुनावी परिणाम संयुक्त उद्योगी–व्यवसायीका पक्षमा आउने निश्चित भएको बताए । सयौं व्यवसायीहरुको उपस्थिति रहेको चुनावी ¥याली तथा कोण सभालाई सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु र सुर्खेतका प्रतिष्ठित व्यवसायीहरुले सम्बोधन गरेका थिए ।

संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका उप्रेतीले नेतृत्व गरेको उक्त प्यानलले आफूहरु विजयी भए व्यावसायीक हित प्रवद्र्धन, व्यवसायीक सुरक्षा, संस्थागत विकास र औद्योगीक व्यवसायीक विकास गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
संघको आगामी तीन वर्षे कार्यकालका लागि २२ पदमा ४३ जनाको उम्मेदवारी परेको छ । व्यवसायीहरु दुई टीममा विभाजित भएर प्रतिस्पर्धा गर्दै छन् । नेपाल कम्युनिष्ट पार्टी निकट व्यवसायी र कांग्रेस निकट व्यवसायीको सयुंक्त प्यानलको नेतृत्व प्रकाश उप्रेतीले र कांग्रेसको अर्को खेमा लोकतान्त्रिक व्यवसायी प्यानलको नेतृत्व धन बहादुर रावतले गरेका छन् । उप्रेतीलाई संघका सवैजसो पूर्वअध्यक्षको साथ र समर्थन देखिएको छ ।
प्रकाशित मितिः December 14, 2018 at 6:08 pm























कर्मसञ्चार । २०७५ मंसिर २८ गते शुक्रवार