कर्णालीमा पर्यटन सम्मेलन हुँदै

नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

सुर्खेत । कर्णाली प्रदेशमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना गरिने भएको छ । प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको छ । नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका सुर्खेत र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।
आयोजक संस्थाका अनुसार सम्मेलन आगामी जेठ ८ देखि १० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनका संयोजक तर्कबहादुर शाहीले कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको सम्मेलनलाई ऐतिहासिक कार्यक्रमका रूपमा लिइएको बताए । उक्त सम्मेलनले पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उनको दाबी । शाही भन्छन्, ‘सम्मेलनका माध्यमबाट कर्णालीको पर्यटन विकास र दीर्घकालीन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिनेछ । कार्यक्रममा नेपालसँगै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीका पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टुर अपरेटर, होटल व्यवसायी र पर्यटन विज्ञहरूको सहभागिता रहने बताइएको छ । आयोजकका अनुसार सम्मेलनअन्तर्गत प्यानल डिस्कसन, सांस्कृतिक कार्यक्रम, बीटुबी बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भ्रमण, फ्याम ट्रिप तथा प्राविधिक छलफल गरिनेछ । यस्ता गतिविधिले पर्यटन क्षेत्रका सरोकारवालाबीच अनुभव आदानप्रदान, व्यावसायिक सहकार्य र दीर्घकालीन साझेदारीको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ । कर्णालीका प्रचुर सम्भावनालाई सम्मेलनमार्फत विश्व पर्यटन बजारसम्म पु¥याउने लक्ष्य लिइएको जनाइएको छ ।

प्रकाशित मितिः   May 14, 2026 at 12:47 pm 


  • प्रतिक्रिया दिनुहोस्