तरकारी खेती अवलोकन गर्दै कृषि मन्त्री केसी (फोटो फिचर)

सुर्खेतको वीरेन्द्रनगर –४ भैरवस्थानस्थित वसन्त कोइरालाले सञ्चालन गरेको तरकारी फर्म अवलोकन गर्दै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी । युवा उद्यमी कोइरालाले झन्डै १० कट्टा जमीनमा आठवटा टनेल बनाएर टमाटर, ब्रो काउली, काउली, गोभी, काँक्रा, लौका, सागलगायतका तरकारी उत्पादन गरिरहेका छन् ।

बुधबार उक्त कृषि फर्मको अवलोकन पछि मन्त्री केसीले कोइरालाले सञ्चालन गरेको तरकारी फर्म कर्णाली प्रदेशकै नमूना भएको बताइन् । मन्त्री केसीले यसरी व्यावसायिक रूपमा ठूला कृषि फर्म सञ्चालन भए कर्णालीलाई छिटै तरकारीमा आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गरिन् ।

कृषि नीति र प्रविधि युवा र साना किसान मैत्री बनाउने तयारीमा मन्त्रालय रहेको उनले जानकारी दिइन् । कोइरालाले विगत ४ वर्षदेखि झन्डै १५ लाख लगानीमा व्यावसायिक अर्गानिक तरकारी खेती गर्दै आएका छन् ।

थप तस्वीर–

 

प्रकाशित मितिः   December 12, 2018 at 4:12 pm 


  • प्रतिक्रिया दिनुहोस्