यस्तो छ प्रदर्शनीमा राखिएको ‘श्रीपेच’

काठमाडौं, २९ असोज ।
गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो ।
संस्कृति मन्त्रालयले आज नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले राजमुकुटको सार्वजनिक गरेका हुन् ।
२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनासँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबारभित्रकै सालोन रूपमा राखिएको थियो ।


राजदरबारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ फागुन १५ गते नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा उद्घाटन गरेका थिए । तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै प्रदर्शनीमा राखेको थिएन ।

प्रकाशित मितिः   October 15, 2018 at 3:25 pm 


  • प्रतिक्रिया दिनुहोस्