

काठमाडौं । नेकपा एमालेको महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता एघारौं महाधिवेशन गर्ने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीले बैठकका निर्णयबारे जानकारी दिँदै भने, ‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ।’ स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने उनले बताए । एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट हुँदैछ । २०७८ सालमा दशौं महाधिवेशन सम्पन्न गरेको एमालेले यसपटक विशेष परिस्थिति भन्दै एक वर्षअघि नै महाधिवेशन गर्न लागेको हो।















कर्मसञ्चार । २०८२ असोज २६ गते आइतवार