ओली निवास गुण्डुमा सुरू भयो एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको सचिवायलको बैठक सुरू भएको हो । रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित गरिएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओलीको निवास गुन्डुमा शुक्रबारदेखि सचिवालय बैठक सुरू भएको हो ।
बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ–आफ्नो धारणा राख्ने बताइएको छ ।

 

 

प्रकाशित मितिः   October 12, 2025 at 2:05 pm 


  • प्रतिक्रिया दिनुहोस्