हुम्लाको चंखेलीमा जिप दुर्घटना

गम्भीर घाइतेलाई लिन सुर्खेतबाट उड्यो सेनाको हेलिकप्टर

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका–४ बेशी खोलास्थित भित्रि सडक खण्डमा जिप दुर्घटना भएको छ । कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याप जिप मेल्छामबाट पिप्लाङतर्फ जाँदै गर्दा अनियन्त्रित भइ आज बिहान करिब ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनमा परी जिपमा सवार १२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो ।
यसैबीच, जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिन नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट हुम्लाका लागि उडेको छ । घाइतेको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाउन हेलिकप्टर माग गरिएको हो ।

प्रकाशित मितिः   October 10, 2025 at 2:39 pm 


  • प्रतिक्रिया दिनुहोस्