
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलहरूको बैठक बोलाएका हुन् । निर्वाचनको कार्यतालिका आइसकेको अवस्था र राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीसहित राजनीतिक दलहरूलाई आह्वान गर्दै आज दिउँसो ४ बजे सर्वदलीय बैठक राखेका छन् ।

यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडैल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको थियो । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लागि राजनीतिक वातावरण तय गर्न प्रधानमन्त्रीलाई सुझाएका थिए । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई जानकारी गरेकी थिइन् ।
प्रकाशित मितिः October 10, 2025 at 12:03 pm


कर्मसञ्चार । २०८२ असोज २४ गते शुक्रवार