
615737086
काठमाडौ, १३ मंसिर ।
सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार अंकुश लगाउने भएको छ । गृह मन्त्रालयले कार्यकारी अदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको छ ।
शान्तिशुरक्षामा खलल पुर्याउने तथा महिला हिंसा बढाउन कारक रहेको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो । अहिलेकै व्यवस्थामा कार्यकारी आदेश जारी भए उपभोक्ताले परिचयपत्र देखाएर मात्रै मदिरा खरिद गर्न पाउनेछन् । विक्रेताले उपभोक्ताको परिचय खुल्ने कागजपत्रको अभिलेख राखेर मात्रै मदिरा बिक्री गर्न पाउनेछन् । तर, कारोबार जतिवेला पनि गर्न छुट हुनेछैन ।
अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बेच्न तथा किन्न पाईने छ । होटेल, रेस्टुरेन्टहरुले समेत साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गराउन पाउनेछ ।
प्रकाशित मितिः November 29, 2018 at 12:17 pm























कर्मसञ्चार । २०७५ मंसिर १३ गते बिहीवार