पश्चिम सुर्खेतमा जनचेतना जगाउँदै प्रहरी

सुर्खेत, ७ असोज ।
पश्चिम सुर्खेतका गाउँ तथा नगरपालिकामा रहेका विद्यालय, आमा समुह, टोल विकास संस्थालगायतमा प्रहरीले जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । ‘टोल–टोलमा प्रहरी’ अन्तर्गत घरेलु हिंसा, लैंगिक हिंसा, बालविवाह र लागूऔषध दुव्र्यसनी न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम लिएर प्रहरी समुदायमा पुगेको हो ।

स्थानीय क्षेत्रमा अपराध न्यूनीकरण गर्दै शान्ति सुरक्षालाई बलियो बनाउन पश्चिम सुर्खेतका टोल–टोलमा जनचेतना जगाउने कार्यक्रमलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले बताए । उनका अनुसार प्रहरीले यस क्षेत्रका समुदायमा नियमितजसो चेतनानमूलक कार्यक्रम गर्दे आएको छ ।

सोही अभियान अन्तर्गत प्रहरीले आज (आइतबार) चौकुने गाउँपालिका– ७ को सिद्धेश्वरी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका एक सय विद्यार्थिलाई लागूऔषध, बालबिवाह तथा घरेलु हिंसाका कारण, परिणाम र यसलाई न्यूनीकरण गर्ने उपायबारे जानकारी गराएको इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायव निरीक्षक (सई) भीमबहादुर मल्लले बताए । यस्ता सचेतनामूलक प्रशिक्षणका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाई छ ।

प्रकाशित मितिः   September 23, 2018 at 3:57 pm 


  • प्रतिक्रिया दिनुहोस्